Logo

पत्रकार सम्मेलनमा यस्ता देखिएका थिए लोकबहादुर, पत्रकारहरुको प्रश्नमा के दिए जवाफ  ?



 

सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको ह’ ‘त्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार नै पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो। आफूमाथि गरेको अपमानको ब’दला लिन सुरुमा तेजबहादुरको ह’ ‘त्या गरेको र त्यसलाई लुकाउन अन्यको ह’ ‘त्या गरेको बयान उनले दिएका छन्।

आरोपीले उक्त दिन घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार आरोपीले घटना देख्ने सबैलाई मा’र्ने योजना बनाएको कुरा प्रहरीसमक्ष बताएका हुन् ।

प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा लोकबहादुरले उक्त दिन वरिपरि भएका सबैलाई मा’र्ने योजना बनाएको बताएका छन् । प्रहरीसमक्ष लोकबहादुरले भनेका छन्, ‘मेरो टा’र्गेट र रि’स भनेको काका ९तेजबहादुर० मात्रै हुन्, तर मैले हा’नेको देखेपछि सबैलाई हा’नेको हुँ । अरूले देखेको भए अरूलाई पनि हान्थे र मा’र्थेँ ।’

शुक्रबार रातीदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिवार बिहान आरोपीले घटनामा आफ्नो सं’लग्नता स्वीकार गर्दै आफ्नो टार्गेटमा तेजबहादुर मात्रै रहेको बताएका हुन् ।

आरोपमा पक्राउ परेको व्यक्ति कार्की परिवारकै आफन्त रहेको अनुसन्धानमा खुलेको छ। घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० लगायतको टोली खटिएको थियो।

घटनाको भोलिपल्ट मात्रै अनुसन्धान अधिकारीहरू पुगेपछि शव उठाइएको थियो । अनुसन्धानका लागि आवश्यक प्रमाणहरू जुटाएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो भने प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दै खोजी गरेको थियो ।

अभियुक्त लोक बहादुर कार्कीले नातामा काका पर्ने तेजबहादुर कार्की घरबाट निस्किएको आफ्नो शौचालयमा देखेका थिए । आफूलाई सधैँ हेप्ने, सापटी लिएको रकमको ब्याज लिएको आदि कुराले लोकबहादुर काका तेजबहादुरप्रति रुष्ट थिए । ह’ ‘त्याको अघिल्लो रात पनि लोकबहादुरको मनमा अनेकौँ कुराहरू खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता