Logo

संखुवासभा घटनास् यस्तो प्रमाण फेला परेपछि पक्राउ परे २६ वर्षका युवा, किन सार्वजनिक गरेन  ?



काठमाडौ । संखुवासभाको मादी नगरपालिका वडा नम्बर–१ को उम्लिङमा एकै परिवारका ६ जनाको श व फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । केही प्रमाण फेला परेपछि ति ब्यक्ति पक्राउ परेका हुन् । अहिले अनुसन्धानकै क्रममा रहेका कारण उनको नाम सार्वजनिक गरिएको छैन । अनुसन्धानको क्रममा प्रहरीले र गत लागेको रड कार्की परिवारको घर छेउमै फेला पारेको छ।

ति युवक २६ वर्षका भएको प्रहरी अधिकारीले बताएका छन् । प्रहरी अुनसन्धान उनीविरुद्ध केन्द्रित छ। ति युवकको भाईले लगाएको सर्टमा र ग त लागेर धोएको जस्तो देखिएको प्रहरीले जनाएको छ । सोधपुछ गर्दा ति १८ वर्षका भाईले त्यो सर्ट आफ्ना दाइको भएको बताए पछि २६ वर्षका उनका दाई पक्राउ परेका हुन् ।

उनको मानसिक सन्तुलन पनि ठिक नभएको पाइएको ती प्रहरी अधिकारीले बताएका छन् । प्रहरी आफु घटना र ति युवा बारे निश्चित भएपछि मात्र सार्वजनिक गर्ने जनाएको छ । शंकास्पद रहेको भन्दै प्रहरीले युवकलाई मंगलबारदेखि नै निगरानीमा राख्दै आएको थियो।

सोमबार बौद्धमान कार्कीका श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, नातिनी बुहारी रञ्जना कार्की, पनाति विपीन कार्की र पनातिनी गोमा कार्कीको श व फेला परेको थियो ।

घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानदेखि प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट प्रहरी नायव उपरीक्षक ध्रव कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभादेखि प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलगायतको टोली छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता