Logo

डिसेम्बर १५ बाट बन्द हुँदै याहु ग्रुप, पुराना इमेल भने सुरक्षित रहने



एजेन्सी- बहुप्रतिष्ठित बहुराष्ट्रिय कम्पनी याहुले आफ्ना सेवाहरु आगामी डिसेम्बर १५ बाट बन्द गर्ने घोषणा गरेको छ। वेब पोर्टल, सर्च इन्जिन, इमेल, समाचारलगात इन्टरनेटमा आधारित सेवाहरु दिँदै आएको याहु ग्रुपले आफ्ना प्रयोगकर्ताहरु पछिल्लो सयम निक्कै घटेका कारण कम्पनी बन्द गर्न लागिएको जनाएको छ।

 

 

 

यो कम्पनीले मंगलबार आफ्नो वेभसाइटमा सार्वजनिक सुचना राख्दै कम्पनी बन्दको घोषणा गरेको हो। सन् २००१ मा स्थापना भएको याहु ग्रुपले सर्च इन्जिन र मेलिङ प्लेटफर्मका रुपमा गुगल ग्रुपको जिमेल, च्याटिङ र सामाजिक संजालका रुपमा फेसबुक ग्रुप र न्युज प्लेटफर्मका रुपमा रेडडिटसँग एकसाथ प्रतिस्पर्धा गर्नुपर्‍यो। जसका कारण पछिल्लो केही वर्षयता याहुका प्रयोगकर्ता निक्कै घटेका थिए।

सन् २००० को दशकमा सामाजिक संजाल, सर्च इन्जिन र इमेल आदान प्रदानमा एकछत्रजस्तो राज गरेको कम्पनीले पछिल्लो दशकमा भने अरु कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सकेन। इन्टरनेटमा अरु कम्पनीहरुसँग कडा प्रतिस्पर्धाकै बीच सन् २०१७ मा भेरिजोन नामको अमेरिकी कम्पनीले ४ दशमलव ८ बिलियन अमेरिकी डलरमा याहु ग्रुप किनेको थियो।

 

याहुमार्फत् अब नयाँ ग्रुपहरु बनाउन र इमेल आदान प्रदान गर्न सकिने छैन। यद्यपि यसअघि याहु मेलमार्फत् प्राप्त गरिएका र पठाएका मेलहरु भने सुरक्षित रहने कम्पनीले उल्लेख गरेको छ।

सन् १९९४ मा स्ट्यानफोर्ड विश्वविद्यालयका दुईजना विद्यार्थी जेरी यांग तथा डेभिड फिलो मिलेर याहु कम्पनीको स्थापना गरेका थिए। यद्यपि याहुलाई सुरुमा वर्ल्डवाइड वेबमा जेरी तथा डेभिडको गाइडको रुपमा चिनिन्थ्यो। सर्च इन्जिन, सामाजिक संजाल र इमेल सेवा भने सन् २००१ मा मात्रै शुरु भएको थियो। सन् २००० मा याहुको सेयर मूल्य उच्च रहेका बेला उसको कुल बजार पूँजीकरण १ खर्ब २५ अर्ब डलर बराबर थियो।

 

 

 

प्रतिस्पर्धी बजारमा आफ्नो एकल साम्राज्य कायम राख्न याहुले सन् २००३ मा गुगललाई ३ अर्ब डलरमा किन्ने प्रस्ताव गरेको थियो। तर, गुगलका संस्थापकहरूले त्यसलाई अस्वीकार गरे। त्यस्तै फेब्रुअरी २००८ मा माइक्रोसफ्टले याहु खरीद गर्ने प्रस्ताव राखेको थियो। उक्त समय माइक्रोसफ्टले ४४ अर्ब डलरको प्रस्ताव राखेको थियो तर खरीद बिक्री सम्झौता हुन सकेन। पछिल्ला वर्षहरुमा याहुको घाटा बढ्दै गएपछि यो कम्पनीलाई अमेरिकी दुरसञ्चार कम्पनी भेरिजोनले करिब ५ अर्ब डलरमा किनेर अर्को इन्टरनेट कम्पनी एओएलसँग मिसाएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता