Logo

बधाई छ नेपाल१ ३७ बर्षपछि फुटवलमा मिल्यो यस्तो सफलता, खुशी हुँदै प्रधानमन्त्री नै पुगे रंगशाला (तस्वीरहरु हेर्नुहोस्



त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपाल बङगलादेशलाई २, १ गोलअन्तरगतले पराजित गरेको हो । नेपालले दुुवै गोल पहिला हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले ु गर्नुभएको हो । नेपालले ३७ वर्षपछि घरेलुु मैदानमा उपाधिसँगै नेपालले पाँचहजार डलर पुुस्कार प्राप्त गर्यौ भने उपविजेता बङगलादेशले तीन हजार डलर प्राप्त गर्यौ

त्रिपुरेश्ररस्थित दशरथ रंगशालामा आज सम्पन्न फइनल खेल यो राष्ट्रिय टिमको पाँचौं उपाधि हो । सन् १९८४ को पहिलो साफ गेम्स र ढाकामा भएको छैटौं संस्करण ९१९९३० को स्वर्णपदकपछि

पाँच वर्षअघि ढाकामै बंगबन्धु गोल्डकप र कुचिङ (मलेसिया)मा एएफसी सोलिडारिटी कपको ट्रफी चुमेको थियो । नेपालको हालसम्मको ठूलो उपलब्धि सोलिडारिटी कप हो । अरू चार उपाधि फुटबलको आधिकारिक निकाय ९फिफा, एएफसी र साफ० को औपचारिक प्रतियोगिता होइन । थ्री नेसन्स कप ‘आमन्त्रण प्रतियोगिता’ मात्र हो ।


सोमबारको खेलमा राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका मिडफिल्डर संजोग राईले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनकै पासमा अर्का मिडफिल्डर विशाल राईले ४२ औं मिनेटमा घरेलु टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमा नेपाल आक्रामक रहे पनि दोस्रो हाफमा पाहुना टिम

महबुब रहमानले ८३ औं मिनेटमा गोल गर्दै अन्तर छोट्याए । समूह चरणमा भने नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । कप्तान किरण चेम्जोङले भने, ‘सबैले राम्रो खेल्यौं, नयाँ खेलाडीले पनि राम्रो गरे ।

 

टिममा धेरै प्रतिभावान् खेलाडी देखेको छु । यस्तै प्रदर्शनलाई निरन्तरता दिन सकियो भने साफ च्याम्पियनसिप (उपाध) धेरै टाढा छैन । हाम्रो लक्ष्य भनेको साफमात्र होइन, एसियन कप पनि हो ।’

दक्षिण एसियाली क्षेत्रकै सबभन्दा प्रतिष्ठित प्रतियोगिता हो– साफ च्याम्पियनसिप, जहाँ नेपाल फाइनल पनि पुगेको छैन । एसियाली फुटबलकै सबभन्दा ठूलो प्रतियोगिता ‘एसियन कप’ हो र यसमा नेपालले हालसम्म छनोट पार गरेको छैन । पछिल्लो संस्करणदेखि २४ टिमले खेल्ने भएकाले नेपालले आशा गर्न सक्ने प्रतियोगिता बनेको हो यो । विश्वकपरएसियन कप छनोटमा तीन खेल नेपालले जुन महिनामा खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता