Logo

गोप्य अडियो बाहिरिएपछि तनावमा न्यायाधीश कोइराला आखिर के भएको थियो ?



काठमाण्डौं, असार ९ ।  न्यायाधीश राजकुमार कोइरालाले आफ्नाबारेमा आएका समाचारप्रति ध्यानाकषर्ण गराएका छन् । न्युज २४ फो टेलिभिजनले अडियो रेर्कड सार्वजनिक गरेपछि न्यायाधीश कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफ्नाबारेमा आएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

आफूबाट कुनै पनि अनुचित काम नभएको दावी गरेका उनले विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको बताएका छन् । आफुमाथि छानबिन भए सहयोग गर्ने पूर्ण प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन् , ‘म बारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । म बाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । म माथि न्यायपरिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछुे ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता