Logo

सङ्गीत विद्यालय नेपाल प्रहरीको अभिन्न अङ्ग – प्रहरी महानिरीक्षक सिंह



काठमाण्डौ,असार ९ ।  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको अभिन्न अङ्गको रुपमा रहेको सङ्गीत विद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले विपद् लगायत अन्य आपतकालीन अवस्थामा समेत काम गरी संगठनलाई थप योगदान दिनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी सङ्गीत विद्यालय महाराजगंजको बुधबार निरीक्षण पश्चात कार्यरत कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूको आफू कार्यरत रहेको ठाउँमा उत्कृष्टता दिने मूल दायित्व रहने चर्चा गर्दै अनुशासन, उत्कृष्टता, लगनशीलताले निश्चय पनि सङ्गीत क्षेत्रलाई शिखरमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीसँगै नेपाल प्रहरी वैण्डको प्रख्याति आउनुपर्नेमा जोड दिँदै नेपाल प्रहरीको सङ्गीतलाई अझै गतिशील बनाउन यसको आधुनिकिरण तथा विद्यालयमा कार्यरत प्रहरी कर्मचारीको हित र वृत्ति विकासका लागि प्रहरी संगठन सचेत रहेको बताउनुभयो ।

उक्त अवसरमा सङ्गीत विद्यालयका प्रहरी नायव उपरीक्षक भुलाराज खनाल समेतको सङ्गीत टोलीले विभिन्न साङ्गीतिक प्रस्तुती दिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । (समाचार/ फोटो श्रोत : प्रहरी प्रधान कार्यालयको फेसबुक पेजबाट साभार )

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता