Logo

एमसीसी विरोध प्रदर्शन, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सिंह घाइते



काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन् । प्रहरीसँगको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएकी हुन् । यस्तै क्रान्तिकारीका नेताहरु केशव रावल, समीर लुईँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायत एक दर्जनभन्दा बढी अरु नेता तथा कार्यकर्ता समेत घाइते भएका छन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन् ।

एमसीसीको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ ।उनीहरुको एभरेस्ट अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । एमसीसीको विरोधमा अखिल क्रान्तिकारीले आइतबार बानेश्वरमा प्रदर्शन गरेको हो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता