Logo

इनारको माथि विवाहका लागि पुजा हुदै थियो एक्कासी जालि चुडिएपछि….



उत्तर प्रदेशको कुशीनगरमा बुधबार राति एक विवाहको दौरान १३ जना महिला तथा बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बालिका रहेका छन् । गाउँमा विवाहको ‘हल्दी’ को परम्पराका दौरान इनारको माथि जालीमा बसेर पूजा गरिरहेका थिए । त्यतिबेला जाली टुटेपछि यो घ टना भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

महिलाहरु चिच्याएको आवाज सनेपछि स्थानीय घटना स्थलमा पुगेर उनीहरूको उद्धार गरेका थिए । उनीहरूलाई अस्पताल पुर्‍याउँदा १३ जनालाई मृत घोषित गरिएको थियो । सबैको मृत्यु डुबेर भएको बताइएको छ । घटनामा मृ त्यु हुने बालिकाहरूको उमेर ५ देखि १५ वर्षको रहेको छ ।

कुशीनगरको नेबुआ नौरगिंगा थाना क्षेत्रमा परमेश्वर कुशवाहको घरमा विवाहको समारोह चलिरहेको थियो । राति १० बजे आसपास ५० देखि ६० महिला, युवती तथा बालबालिकाहरू विवाहमा मनाइने परम्परा अनुसार इनारमा पुगेका थिए । इनारमाथि फलामको जालीले ढाकिएको पाएपछि एकै चोटि धेरै त्यहाँ चढ्न पुगेका थिए । भार धेर भएपछि जाली टुट्न पुगेको थियो । त्यहाँ चढेका ३५ जना एकैपटक इनारमा खस्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता