नेपालबाट हङकङ उडानमा रोक

काठमाडौं । हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ । कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो ।समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन् ।
यो पनि, नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ। आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो।
कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनलाई कम घातक भनिएका बेला नेपालमा भने ओमिक्रोन संक्रमण बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ। सरकारले दीर्घरोगी, वृद्धवृद्धा र कोरोनाको खोप नलगाएको मृत्यु भएको भने पनि पछिल्लो तीन सातादेखि मृत्यु हुनेको संख्या बढेको तथ्यांकले देखाएको छ। यसले सर्वसाधारणमा त्रास पैदा गराएको छ।
संसारभरका विज्ञहरूले डेल्टा र अन्य भेरियन्टको तुलनामा छिटो गर्ने भए पनि ओमिक्रोनले मृत्यु निम्ताउँदैन भनिरहेका छन्। नेपालमा मात्र होइन ओमिक्रोन फैलिएका अन्य देशमा पनि कोरोनाका बिरामीको मृ त्यु संख्या भने घटन सकेको छैन।
नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ। आइतबार कोरोनाबाट मृ त्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो। यस्तै शुक्रबार ११ जनाको मृ त्यु भएकामा बिहीबार यो संख्या १४ पुगेको थियो।