Logo

रामकुमारी झाँक्री किन पुगिन धोविखोला कसलाई दिइन् यस्तो चेतावनी (भिडियो हेर्नुहोस्)



काठमाडौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा सडक अतिक्रमण गरेका राखेका बस्तु हटाउन निर्देशन दिएकी छन् । उनले बुधवार अनुगमन गर्दै यस्तो निर्देशन दिएकी हुन् । सडक अतिक्रमण नगर्न पटकपटक सचेत गराउँदा पनि नमानेपछि बुधबार मन्त्री झाँक्री आफैँ सो करिडोरको अनुगमनमा गएकी हुन्।मन्त्री झाँक्रीको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो।

सवारी साधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्ने, टेबल, कुर्सी समेत राखेर बस्ने अवस्था भएपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरित सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता