विदेश जान विमानस्थल पुगेकी महिलाको राहदानीमा यस्तो ग म्भिर रेकर्ड देखिएपछि‘ …

काठमाडौ । सबै प्रकृया पुरा गरी विदेश उड्न विमान स्थल पुगेका १४ जनालाई अध्यागमन विभागले फिर्ता पठाइदिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थस्थित अध्यागमन कार्यालयले १४ जनालाई फिर्ता पठाएको हो । फिर्ता पठाइएका मध्य केही अलि ग म्भिर प्रकृतिका भएको अध्यागमन विभागले जनाएको छ ।
श्रीमान भेट्न दुई छोरीसहित कतार जान लागेकी धनुषाकी रोहिणी खातुन र अर्का एक महिलाको कारण भने अलि ग म्भिर देखिएको हो । उनलाई आवश्यक प्रमाण नपुगेको र पेश गर्न नसकेको उल्लेख गरेको छ । आवश्यक प्रमाण पेस गर्न नसकेपछि अध्यागमनले खातुनलाई प्र स्थान अनुमति दिन अ स्विकार गरेको हो।
त्यस्तै कतार हिँडेकी बाराकी मिना कुमारी मोक्तनको राहदानी मै अध्यागमनले आ शं का गरेको छ । मोक्तानले प्रयोग गरेको ०९८३०४१९ नम्बरको राहदानी इन्टरपोलको ‘स्टोलन एण्ड लस्ट ट्राभल डकुमेन्ट’ डेटाबेस देखिएपछि अध्यागमनले उनलाई रोकेको हो।
त्यस्तै युगाण्डा हिँडेका रन्जीत राम र ऋखिराम कुमारको यात्रा शं का स्पद भएको भन्दै अध्यामगनले फिर्ता पठाएको हो। राष्ट्रिय महिला आयोगको उजुरीका आधारमा ओखलढुंगाका पुलामीलाई अध्यागमनले प्रस्थान अनुमति नदिएको हो। महिला आयोगले कात्तिक १५ गते अध्यागमन विभागलाई पत्र लेखी पुलामीलाई प्रस्थान अनुमति नदिन आग्रह गरेको थियो।
अध्यागमनले बहराइन हिँडेका ओखलढुङ्गाका प्रेमबहादुर पुलामी मगर, युगाण्डा हिँडेका बाँकेका रन्जीत राम चमार र ऋखिराम कुमार प्रस्थान अनुमति नदिई फिर्ता गरेको छ।
त्यस्तै भिजिट भिसामा दुबई हिँडेका पाल्पाका नरेश अर्गली मगर र रुकुम (पश्चिम) का रमेश थापालाई आवश्यक कागजपत्र पेस गर्न नसकेपछि अध्यागमन अधिकृतले प्रस्थान अनुमति दिन अस्विकार गरेका छन्।
गृह मन्त्रालयले भिजिट भिसामा जान मापदण्डसमेत बनाएको छ। गृहले बनाएको मापदण्ड पूरा नगरेका र शंकास्पद यात्र गर्नेलाई अध्यागमनले रोक लगाएको हो।