Logo

काठमाडौंमा के भयो यस्तो झगडा हुँदा युवकको निधन , २ जना प्रहरीको साथमा



काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित ओरालो सडकमा झगडा हुँदा एक युवकको निधन भएको छ । मृतकको उमेर करिब २७ वर्ष रहेको र उनको नाम नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा राति नै झगडा भएको थियो । झगडा भएपछि हुँदा भाग्ने क्रममा गौरीघाट जाने ओरालोतर्फको अग्लो सडकबाट लडेर ति युवकको निधन भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । झगडा गर्ने दुई युवकलाई लाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा ३९ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षका सुरेश दर्नाल छन् ।

मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता