Logo

युएईमा भएको घटनामा ३ जनाको मृत्यु ६ जना घाइते



 

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)  को अबुधाबीमा भएको दुई अलग अलग वि’स्फो’टमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

यूएईको सरकारी न्युएजेन्सी डब्ल्यूएएमबाट अबुधाबी प्रहरीले बताया अनुसार ट्यां’करमा भएको वि’स्फो’टमा ६ जना घाइते भएका हुन् । डब्ल्यूएएमले बताए अनुसार मारिनेमा दुई भारतीय र एक पाकिस्तानी छन् ।

सोमबार अबुधानी विमानस्थल नजिक बि’स्फो’टका दुई घटना भएका थिए जसको जिम्मेवारी यमनको हुती वि’द्रो’हीले लिएका छन् । प्रहरीले आ’क्र’म’ण ड्रो’नको माध्यमबाट गरिएको आशंका गरेको छ ।

यो पनि  :  नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला

विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।

सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने फैसला गरेका हुन् ।

अदालतको फैसलासँगै जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता