देउवा र प्रचण्डको कुरा मिलेन, गठबन्धन तोडिदै !

काठमाडौ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनको सरकार तोडिन सक्ने सम्भावना देखिएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर वहादुर देउवा अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता संसदबाट पारित गर्ने अडानमा छन् । तर गठबन्धनमा रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने परिमार्जन नगरी एमसीसी पारित गर्न नहुने अडानमा छन् ।
अर्का नेता माधव कुमार नेपाल पनि प्रचण्डकै भनाईमा सहमत छन् । देउवा अब एमसीसी पारित गर्न दृढताका साथ अघि बढेको निकटस्थहरुसँग गरेको बुझिएको छ । तर गठबन्धनमा रहेका तीन नेताहरुबीच एमसीसीका बारेमा सहमति नभए गठबन्धन टुट्न सक्ने अनुमान गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि गठबन्धन टुटे देउवालाई सहयोग गर्ने पक्षमा छन् ।
आजै जनकपुर पुगेका गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी पारित हुने ठोकुवा गरिसकेका छन् । तर, गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीको विपक्षमा छन् ।
देउवा एमसीसी पारित गर्न अगाडि बढिरहँदा प्रचण्ड र नेपाल तयार नभएकाले सत्ता गठबन्धन तोडिने सम्भावना बढेको छ । त्यसको खतरा स्वयं प्रचण्डले सोमबार सार्वजनिक रुपमा औल्याइसकेका छन् ।
माओवादी र नेकपा एसलाई सत्ताबाट बाहिर पुर्याएमा एमसीसी पारित गर्न साथ दिने एमालेको शर्त रहेको चर्चा छ । प्रचण्डले पनि यसको खुलासा गरेका छन् ।
एमसीसी पारित गर्न साथ दिने या सत्ता गठबन्धन छाड्नुपर्ने चुनौती प्रचण्ड र माधव नेपालसामु आएको छ । देउवा ब्याक नहुने भएका छन् । यसको अर्थ प्रचण्ड र माधव नेपालले एमसीसीलाई समर्थन नगरे सत्ता गठबन्धन तोडिने निश्चित भएको छ ।