दिदीको विवाहमा बहिनीले गरिन् यस्तो हर्कत, बेलुली छोडेर हिँडे बेहुला

काठमाडौ । धुमधामसंग दिदीको विवाह भइरहेको थियो । सबै राम्रै चलेको थियो तर सालीले यस्तो हर्कत गरिन् की बेहुला बेहुलीलाई माइतमै छोडेर हिँडे । हिन्दू परम्परा अनुसार भएको विवाहमा सालीले भिनाजुको जुत्ता लुकाउने र त्यस वापत केही पैसा माग्ने चलन छ । यो चलन एक अर्काको परिवारबीच घनिष्ठता बढोस् भनेर राखिएको परम्परा हो ।
तर यसैलाई गलत तरिकाले प्रयोग गरेका कारण कतिपय विवाहमा तिक्तता पनि आउँछ । यो विवाहमा त्यस्तै भएको छ । विवाहमा सालीले जुत्ता लुकाएर ४ लाख मागेपछि रिसले बेहुली नलीकन फर्किए । बेहुलाविवाहमा बेहुलाको जुत्ता सालीले लुकाउने कार्य परम्परागत हो एक रमणीय पल पनि हो। तर १५०० को जुत्ता लुकाए बापत ४ लाख माग्नु गलत होइन र रु
विवाह भनेको दुलहा दुलहीको मिलन मात्रै होइन दुइ परिवार एक हुने शुभ अवसर हो , सालिले जुत्ता लुकाउने र जुत्ता फर्काउन दलाली गर्नुपर्ने बिकृतिले गर्दा विवाहको महिमा , गरिमा र रोमाञ्चमा अहिले खल्लोपना थपिदै छ । बिबाहमा सक्कली सालिनानिले रमाइलोको लागि भिनाजुको जुत्ता लुकाउनु भिनाजुले खुसी भएर सालिलाइ सकेको दक्षिणा दियर आफ्नो जुत्ता फिर्ता लिनु त सामान्य हो ।
तर जुनघरमा दुलही नानिका बहिनी छैनन् त्यो ठाउमा अनावश्यक सालिहरुको ग्याङ नै भेला भएर जुत्ताको बार्गेनिङ गर्दा भने यस्तो समस्या आउँछ । यो घटना बुटवलमा भएको हो । मंसिर १० गते वुटवलको एक घरमा विवाह भएको थियो । तर सालीको यस्तो हर्कत पछि बेलुला बेलुली नै छोडेर हिडेका छन् ।