Logo

हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, डिएनए परिक्षणवाट हुनेछ पहिचान



 

एजेन्सी । भारतको तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।

दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भीर रहेको न्युज एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटनामा अधिकांश शवहरु ज ले का छन् ।

रक्षामन्त्री राजनाथ सिंहले बिहीबार घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले जनाएका छन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ ।

रक्षा मन्त्रालयका अधिकारीहरुको बैठक जारी छ
दुर्घटनापछि रक्षा मन्त्रालय पूर्ण रुपमा सक्रिय भएको छ । हेलिकप्टर दुर्घटनाका विषयमा अहिले रक्षा मन्त्रालयमा महत्वपूर्ण बैठक चलिरहेको छ । यसैबीच, संसदमा विज्ञप्ति जारी गरेपछि रक्षामन्त्री राजनाथ सिंहले पनि घटनास्थलको भ्रमण गर्न सक्ने बताइएको छ । यस बाहेक तमिलनाडुका मुख्य सचिवले निलगिरिस जिल्ला कलेक्टर र अन्य अधिकारीहरूसँग वार्ता गरेका छन्। सोही क्रममा सीएम एमके स्टालिन पनि साँझसम्म कोइम्बटूर पुग्नेछन् र त्यहाँबाट कुन्नूर जानेछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता