Logo

आज धेरै ठाउँमा वर्षा, हिमपातको पनि सम्भावना



 

काठमाण्डौ । मंगलवार (आज) मुलुकका अधिकांश स्थानमा हल्का वर्षा हुने मोसमविद्हरुले जनाएका छन् । प्रदेश २ वाहेकका स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश९१ का पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् सजिना शाक्यले बताइन् ।

यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने मौसमविद् सजिनाले जानकारी दिइन् । पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज हिजोको भन्दा मौसम खुल्ने अनुमान गरिएको छ । अहिले बिहानको समयमा भने देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लाग्न थालेको छ ।

बिस्तारै हुस्सु र कुहिरो हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता