Logo

निर्वाचित भएकै दिन सुरु भयो राजेन्द्र लिङ्देनको परिक्षा, सपथ ग्रहणमै देखियो यस्तो दृष्य



 

काठमाडौं । राप्रपाका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएकै दिनदेखि दुखका दिन सुरु भएका छन् । अध्यक्षमा निर्वाचित भएपनि पदाधिकारीमा अल्पमतमा परेका उनलाई असहयोग सुरु भएको छ । निवर्तमान अध्यक्ष कमल थापा निकट पदाधिकारीहरू शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम नसकिँदै कार्यक्रम छोडेर हिँडेका छन् ।

राप्रपाको नयाँ नेतृत्वमा निर्वाचित उपाध्यक्ष, महामन्त्रीलगायतका पदाधिकारीहरू अध्यक्ष राजेन्द्र लिङ्देनले भाषण गरिरहेका बेला कार्क्रमस्थलबाट बाहिरिएका हुन् ।कमल थापा पनि कार्यक्रम आएनन् । यता लिङ्देनले सपथ लिँदै गर्दा कमल थापा भने सामाजिक सञ्जालमा स्टटास लेख्दै ब्यस्त थिए ।

कमल थापा आफु पराजित भएपनि उनका पक्षका अधिकांशहरु भने निर्वाचित भएका छन् । पदाधिकारीमा थापा पक्षले पकड जमाएको छ । निर्वाचन आयोगले आइतवार बिहान भृकुटीमण्डपमा घोषणा गरेको परिणाममा थापा पक्षले पदाधिकारीमा पकड बनाएको हो। आयोगको विवरण अनुसार उपाध्यक्ष, महामन्त्रीसहितका पदमा थापाको प्यानलबाट उठेकाहरुले जित निकालेका छन्।

राप्रपामा सबैभन्दा धेरै भोट विक्रम पाण्डेलाई खसेको छ। पराजित थापा र विजयी राजेन्द्र लिङ्देन दुवै प्यानलबाट उनी उपाध्यक्षमा उठेका थिए। तर उनी मतदानअघि निर्वाचन प्रचारका क्रममा खुलेर लिङ्देनको पक्षमा भोट माग्दै हिँडेका थिए। उनले उपाध्यक्षमा सर्वाधिक २५ सय २१ मत ल्याएका छन्।

त्यस्तै अन्य उपाध्यक्षमा बुद्धिमान तामाङ १९४४ मतसहित विजयी हुँदा १८१४ मतसहित थापा प्यानलकै ध्रुवबहादुर प्रधानले पनि उपाध्यक्ष पद पक्का गरेका छन्।

त्यस्तै कमल थापा प्यानलकै रोशन कार्की पनि महिला उपाध्यक्षमा १६८९ मतसहित विजय भइन्। उता सुरुबाटै लिङ्देनलाई बलियो साथ दिएका धवलशम्शेर राणाले महामन्त्री पदमा सबैभन्दा धेरै २२ सय २१ मतसहित जित निकाले।

कमल थापाले माइनस गरेपछि विद्रोह गर्दै नेपालगञ्जका मेयर राणाले सुरुबाटै लिङ्देन प्यानल बनाएर महाधिवेशनमा होमिएका थिए। अर्को महामन्त्रीमा थापा प्यानलका भुवन पाठक १८०५ मतसहित विजयी भएका छन्।

महिला महामन्त्रीमा थापा प्यानलकी कुन्ती शाही विजयी भएकी छन्। उनले नायिक रेखा थापालाई हराइन्। लिङ्देन प्यानलकी थापाले १६४० मत ल्याउन सफल भइन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता