राप्रपा महाधिवेशनमा निर्वाचन भइरहँदा पशुपति शमसेरको निवासवाट आयो यस्तो सबैलाई छक्क पार्ने चिर्कटो

काठमाडौं । राप्रपाको महाधिवेशन हुनुभन्दा अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै आफ्नो कुनै दावी नभएको घोषणा गरे । उनले त्यतीबेला आफ्नो समर्थन कुन पक्षलाई हो भन्ने खुलाएका थिएनन् ।
तर जब महाधिवेशनमा निर्वाचनको प्रकृया सुरु भयो उनको निवासवाट एउटा चिर्कटो सार्वजनिक भएको छ । नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेका बेला अध्यक्ष पदबाट बाहरिदै गरेका बयोबृद्ध नेता पशुपति शमसेर जबराले आफू निकट मतादातालाई कमल थापाको पक्षमा मत दिन संकेत गरेका छन् ।
राणाले विजय वासबाट लिखित ‘चिर्कटो’ सार्वजनिक गर्दै राणाले आफूले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गरिएको भन्दे त्यसको खण्डन गरेका छन् ।
राणाले आफू राजेन्द्र लिङ्देनको पक्षमा रहेको भन्ने सरासर झु ट कुरा भन्दै काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पारेका छन् ।राणाले यसअघि दुवै पक्षमा मुख खोलेका थिएनन् । मतदान चलिरहेका बेला राणाबाट यस्तो वक्तव्य आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।