Logo

राजावादीहरुको कार्यक्रमवाट प्रचण्डले ओलीलाई दिए यस्तो चुनौती



 

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राप्रपा महाधिवेशनको उद्घाटन कार्यक्रममा अतिथि बन्न गएका छन् । चितवनको सौराहामा नेकपा एमालेको महाधिवेशनमा नगएका उनी राप्रपा अधिवेशनमा भने अतिथि बन्न पुगेका हुन् ।

राजावादीहरुको महाधिवेशनमा पुगेका प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिन भने छोडेनन् । उनले ओलीले पार्टी फुटाएर महाधिवेशन भनेको भन्दै टिप्प्णी गरेका छन् । उनले ओलीलाई पार्टी ३ टुक्रा बनाएको आरोप पनि लगाए ।

मंगलबार भृकुटीमण्डपमा आयोजित उद्घाटसत्रलाई सम्बोधन गर्दै उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए । प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो ।’

प्रचण्डले अगाडि भने, ‘तर, नेपाल पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने रु तपाईँहरुले ठीक गर्नुभयो । ’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता