Logo

मुख्यमन्त्री पाण्डे भन्छन्, ‘इसाइहरुका लागि चिहान खोजिदिन्छु, क्रिश्चियन धर्मप्रचारकलाई जेल हाल्न पाइन्न’



 

काठमाडौ । नेपालमा धर्म परिवर्तन गराउनु वर्जित छ । कसैलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको भेटिए जेल सजाय हुन्छ । त्यही कानुनको आधारमा क्रिश्चियन धर्मप्रचारक केशव आचार्यलाई जिल्ला अदालत जुम्लाले २ वर्षको जेल सजाय तोकेको छ । कानुनले वर्जित गरेको काम गरेका कारण जेल सजाय सुनाइएका केशवको पक्षमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पहल गर्ने भएका छन् ।

उनी केशवलाई जेल सजाय भएकोमा आ क्रो शित भएका छन् । उनले धर्म परिवर्तन गराएकै कारण जेल हालिनु लोकतन्त्र विरोधी कदम भएको बताएका छन् । नेपाल ख्रिष्ट्रियन समाज बागमती प्रदेश र मकवानपुर इसाई समाजको ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका मुख्यमन्त्रीले यस्तो भनेका हुन् ।

‘जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको छु, उनले भने, धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु सरासर गलत हो, यो लोकतन्त्रविरोधी कदम हो। पाण्डेले यसबारे बागमती सरकार गम्भीर रहेको पनि बताए । आफुले यसवारेमा केन्द्रीय सरकारमा आवाज उठाउने प्रतिवद्धता पनि जनाए ।

उनले इसाईहरूका लागि चिहान बनाउने स्थान पनि खोजिदिने बताएका छन्। ‘इसाईहरुलाई चिहान अभावको विषयमा प्रदेश सरकार गम्भीर छु, उनले भने, ुयो समस्या चाँडै हल हुनेछ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता