Logo

गोरखामा बाबुराम भट्टराई र हिसिला यमी : ‘बुढा धान झाँट्दै, बुढी कोदो केलाउँदै’



 

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई तथा नेता हिसिला यमी अहिले गृहजिल्ला गोरखामा छन् । उनीहरुको दैनिकी निकै रमाइलो देखिएको छ ।

डा बाबुरामले आफ्नो सामाजिक सञ्जालमा गोरखाको दैनिकीको फोटो शेयर गरेका छन् । जसमा डा भट्टराई धान झाट्दै गरेको देखिएका छन् भने पत्नी हिसिला कोदो केलाउँदै गरेको देखिन्छिन् ।

उनी गोरखाको विभिन्न स्थानमा कार्यकर्तादेखि स्थानीयसँग भेटघाटमा व्यस्त छन् । उनको साथमा पत्नी हिसिला यमी पनि छिन् । शुक्रबार भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफुले धान झाँट्दै गरेको तस्बिर शेयर गरेका छन् ।

उनले शेयर गरेको तस्बिरमा पत्नी हिसिलाले पनि कोदो केलाउँदै गरेको देखिन्छ । तस्बिर शेयर गर्दै भट्टराई लेखेका छन् ‘बुढा धान झाँट्दै, बुढी कोदो केलाउँदै’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता