Logo

वडाध्यक्षका छोराले लिए आफ्नै ८० वर्षीया हजुआमाको ज्यान  !



काठमाडौ । वडाध्यक्षका छोरालाई गम्भिर घटनामा प्रहरीले पक्राउ गरेको छ । बझाङका एक वडाध्यक्षका छोरालाई आफ्नै ८० वर्षकी हजुरआमाको ज्यान लिएको आरोपमा पक्राउ गरेको हो ।

बझाङको दुर्गाथली गाउँपालिका वडानं ५ घर भएका ८० बर्षीया रिठी जप्रेलको मृ त अवस्थामा फेला परेकी थिइन् । घटनामा संलग्न भएको आरोपमा उनकै नातीलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा वर्ष २१ का सुभाष जप्रेललाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । स्थानियबासीन्दाले दिएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी नियन्त्रणमा रहेका सुभाषलाई सदरमुकाम ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले बताए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थलमा फोनको टावरले राम्रोसंग काम नगर्ने भएका कारण थप विवरण भने आउन बाँकि छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता