Logo

मलाइकाले बाथरुममा खोलेको पाइन्ट वाहिर निस्कदा पनि लगाउन विर्सिएपछ….



एजेन्सी । मानिस कहिले काँही यति मग्न हुन्छ की महत्वपूर्ण काम गर्न पनि उसको ध्यान जाँदैन । यस्तै अवस्ता बलिउड कलाकार मलाइका अरोडालाई भएको छ । खासगरी कोरोनाभाइरसको डरका कारण मानिसहरु हात धुन र अन्य सरसफाइमा बढी ध्यान दिन थाले । फेस मास्क लगाउनेदेखि बारम्बार हात धुने कामलाई लगातार गरिरहन्छन् । अब नायिका मलाइका अरोडाले आफूमाथि घटित भएको एउटा घटना सेयर गरेकी छिन् ।

मलाईकाले लेखेकी छिन्, ‘पहिला जब मानिसहरु घरमा आउँथे तब हामीले ‘कुकुरलाई भ्याक्सिन लगाएको छ, नडराउनुस्’ भनिन्थ्यो । अब म उनीहरूलाई भन्छु ‘नडराउनुस्, हामीले भ्याक्सिन लगाइसकेका छौँ ।’

मलाइकाले थपिन्, ‘हामी सबै पागल भइसकेका छौँ । एक पटक एउटा रेस्टुरेन्टको बाथरुममा गएकी थिएँ । मैले कुहिनोले बाथरुमको ढोका खोलेँ । मैले आफ्नो खुट्टाले टोइलेटको सिट उठाएँ । मैले टिस्युको मद्दतले पानीको धारा खोलेँ । आफ्नो हात धोएँ ।’

‘त्यसपछि पुनः बाहिर निस्कनका लागि कुहिनोले बाथरुमको ढोका खोलेँ र जब म फर्किएर टेबलमा आएपछि मलाई महसुस भयो कि मैले आफ्नो पाइन्ट त माथि नै सार्न बिर्सिएछु ।’ योसँगै उनले हाँसेको इमोजी राखेकी छिन् ।

स्मरण रहोस्, सन् २०२० को सेप्टेम्बर ७ मा मलाइकाले कोरोनाभाइरस पोजेटिभ भएको खबर इन्स्टाग्राममा सेयर गरेकी थिइन् । त्यसपछि उनी होम क्वारेनटिनमा बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता