Logo

श्री पाथिभरा माताको दर्शन गरि बैशाख ०४ गते शनिबारको , भाग्यफल हेर्नुहोस् राशि अनुसार यस्तो छ‘



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ । सुख दुःखमा साथ दिनेहरू भेटिनेछन् । आरामदायी यात्रामा रमाइलो हुनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ । परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा समय खर्चनुपर्ला । पेटको खराबीले सताउला । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
केही चुनौती समेत देखा पर्नेछन् । कोसिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धि बिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ । घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बढ्नेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । अचानक उपहार मिल्ने योग छ । योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । आय आर्जन भए पनि चोट पटक लाग्न सक्छ । मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक क्षेत्रमा गरेको योगदानले मान सम्मान मिल्ला । घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ठ रहने छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
झमेला, विवाद र चोट पटकको योग छ । आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । खर्चको मात्रा भने बढ्न सक्छ । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ, सावधान रहनु होला । स्वास्थ्य विग्रन सक्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पठन पाठनमा ध्यान दिन नसकिएला । काममा समेत केही चुनौती देखा पर्नेछन् । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइ लेखाइ प्रभावित हुने सम्भावना छ । मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । ब्यवसायबाट भने लाभ हुने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापारमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट लाभ होला ।

(मक(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
विचार नपुर्याई बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । सामाजिक प्रतिष्ठा मिल्नेछ । गरेका कामको प्रशंसा हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला । कडा प्रायस गरे पनि सफलता हात नलाग्न सक्छ । कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा भने समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । ब्यापारबाट सोचे झैं लाभ हुनेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । मनमा दुबिधा रहन सक्ने दिन छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुबिधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र शुभ रहेको छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ । काम बन्नाले मन रमाउने छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता