Logo

यस्तो छ तपाईको बुधबारको भाग्य, चैत्र ४ गतेको राशिफल हेर्नुहोस्



मेषः अत्यन्त सुखद दिन रहने छ । धो का दिने तथा आषा देखाउनेहरु सकिनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औ ष धि उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तर पनि लामो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ । तरपनि आफन्त तथा परिवारका साथ बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

वृषः सेयरसम्बन्धी कारोवारमा घाटा हुनेछ । बन्धुवान्धव तथा ईष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेम सुमधुर भएर जानेछ भने जीवन साथीको सहयोगले उपलब्धिमुलक काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

मिथुनः राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकी करण गरी लाभ लिन सकिनेछ । माया प्रेम सुमधुर भएर जानेछ । पढाई लेखाईमा सहपाठी हरुलाई पछि पार्दै नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

कर्कटः पढाई लेखाईमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाइकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो लगानीबाट शुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेम सुमधुर भएर जानेछ । धर्म संस्कृती तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

सिहंः व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुने छैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै सं घ र्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्य हरुसँग राय बाजिनेछ । माया प्रेममा धो का तथा विश्वास घा त हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

कन्याः प्रेमको ब न्ध न क सि लो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाईमा प्रगती हुनेछ ।

तुलाः कार्यक्षेत्रमा केहि विषयमा विवाद भएपनि तपाईको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमती जुट्नेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाई लेखाई सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयन्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ । तपाईको खुट्टा तान्ने तथ कुरा का ट्ने हरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।

वृश्चिकः बैंक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैंक तथा वित्तिय क्षेत्रमा काम पाउने तथा बढुवा हुने योग रहेको छ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्रा हुने योग रहेको छ । प्रेम गर्ने जोडीहरुका लागि समय उत्तम रहेको छ भने भौतीक सम्पती तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ ।

धनुः आफ्नै भन्नेहरुले आश्वासन बाढ्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा ज ल न पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाईरहेको पद गु म्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।

मकरः राम्रा तथा परिणाममूखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भूमिका महत्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।

कुम्भः धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिईएका रुपैया पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धी मुलक काम गर्न सकिनेछ । बोलिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ ।

मीनः अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । व्पापार व्यवसाय फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरुले पद पाउने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ । प्र ण य सम्बन्ध थप बलियो बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता