Logo

यस्तो छ तपाईको सोमबारको भाग्य, चैत्र २ गतेको राशिफल हेर्नुहोस्



मेषः अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडी हरुका लागी समय उत्तम रहेको छ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृषः अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरुले पद पाउने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा गर्न सकिनेछ । प्रणय सम्वन्ध थप बलियो बन्नेछ ।

मिथुनः विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले लामो दुरिको यात्रा हुने भएपनि बाटोमा दुख हुन सक्छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने स्वदेशी व्यापारमा मन्दी आउनेछ । पढाई लेखाईमा मन नजादा नतिजा अरुतिर जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औ ष धि उपचार खर्च बढेर जानेछ । प्रेममा धो का हुन सक्छ ।

कर्कटः स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

सिहंः तारिफ योग्य काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ । पैत्रिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरिको गतिलो योग रहेको छ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

कन्याः धर्म तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्ने तथा धार्मिक प्रतिष्ठान तिरको यात्राको तय गर्न सकिनेछ । पढाई लेखाईकै सवालमा यात्रा हुने तथा खोजीमुलक क्षेत्रमा समय व्यतित गर्न सकिनेछ । माया प्रेममा आफ्नो मानिससँग दिनभर भलाकुसारि गर्न पाउदा मन प्रशन्न हुनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सानो प्रयत्नले ठूला कामहरु बन्नेछन् ।

तुलाः सं क ट व्यवस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गो प्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाँकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

वृश्चिकः आफन्तसँग रमाईलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । एकल तथा साझेदारि व्यापार व्यवसाय फस्टाएर जानेछ । परिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको ब न्ध न क सि लो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ ।

धनुः समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योग रहेकोछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनः जोडिनेछन् । भौतिक तथा विलाशी वस्तुको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुशी हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछन् ।

मकरः व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । स्थाई सम्पत्ती तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायीको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनः सुचारु हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले वौद्धिक क्षेत्र बलियो हुनेछ ।

कुम्भः जनताको समर्थन पाईने छैन । घर जग्गा तथा सवारी साधन सम्बन्धि ल फ डा पर्न सक्छ । आफन्त तथा आमासँग मनमटाब बढ्ने वा घरबाट टाडा जानु पर्ने हुन सक्छ । पढाई लेखाईमा भनेजस्तो सुधार हुने छैन । प्रेममा मन मु टा व सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

मीनः आँट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थि काम गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता