Logo

यस्तो छ तपाईको मंगलबारको भाग्य, फागुन २५ गतेको राशीफल हेर्नुहोस्



मेषः  सहकर्मी बाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मनमा द्विविधा बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । मन अस्थिर रहनेछ ।

वृषः अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । निष्फल यात्रा हुनेछ । मनमा खिन्नता बढ्नेछ । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

मिथुनः नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ।खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला ।

कर्कट ःधर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । छर छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला ।

सिंहः एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमि बाट लाभ रहला । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला ।

कन्याःस्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

तुलाःमहत्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । सामाजिक नेतृत्व हातलागी हुन सक्छ ।

वृश्चिकः मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अलंकारको प्राप्ति हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । पदासीन व्यक्तिको सहयोग जुट्नेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।

धनुः आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला । तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

मकरः स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ ।

कुम्भः भाग्यले विभिन्न अवसर जुराउनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ । लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ ।

मीनःसांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आएको काम पुरा भई धनार्जन हुनेछ । श’त्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता