Logo

यस्तो छ तपाईको सोमबारको भाग्य, फागुन २४ गतेको राशिफल हेर्नुहोस्



वृष राशिः आयआर्जनमा मन्दी आउनाले मन विचलित हुनेछ । स्वास्थ्य बिग्रिन सक्छ । साथीभाइको सहयोग मिल्नेछ । हर्ष बढ्नुका साथै घरमा मांगलिक कार्य हुने देखिन्छ । जागिरमा पदोन्नति हुनेछ । मनोरञ्जनपूर्ण यात्राको योग छ । साहित्य, संगीत र कलामा विशेष झुकाव बढ्नेछ । घरजग्गा किनबेचको योजना बन्नेछ । श त्रु परास्त हुनेछन् ।

मिथुन राशिः असजिलो र कष्टकर यात्रामा सहभागी भइएला । न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ । पदोन्नतिको योग छ । व्यापारमा राम्रो प्रतिफल पाइनेछ । अचल सम्पत्ति किनबेचको योग छ । परिवारभित्र न्यानो वातावरण कायम हुनेछ । सन्तानको स्वास्थ्यमा समस्या आउने हुँदा त ना व उत्पन्न हुन सक्छ । अध्ययनमा त्यति रुचि हुनेछैन ।

कर्कट राशिः सामाजिक सहकार्यको योग देखिन्छ । स्वास्थ्यमा सुधार हुनेछ । परिवार तथा आफन्तजनले नै धो का दिने योग छ । सञ्चार क्षेत्रमा सफलता मिल्नेछ । मनमा अनावश्यक चिन्ताले सताउनेछ । सामाजिक कार्यमा बाधा उत्पन्न हुनेछ । आयआर्जन राम्रो हुनेछैन । विलासिताका सामान खरिदबिक्रीमा मन जानेछ । अचल सम्पत्तिको सुख उपभोग मिल्नेछ ।

सिंह राशिः गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । अध्ययन–अध्यापनमा मन जानेछ । मांगलिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला । शिक्षा क्षेत्रमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । विलासिताका वस्तु खरिदबिक्रीको योग छ । पशु चौपायाबाट प्रशस्त लाभ प्राप्त होला । प्रेमी–प्रेमिकाबीच बाधा उत्पन्न हुनेछ । मान्यजनको प्रशस्त सहयोग मिल्नेछ ।

कन्या राशिः पढाइलेखाइमा विशेष लगाव रहनेछ । उद्योग, कलकारखानामा गरिएको लगानीबाट अपेक्षाकृत प्रतिफल पाइनेछ । जागिरमा पदोन्नतिको योग रहेको छ । मानसम्मान प्राप्त हुने देखिन्छ । कानुनी बाधा आउन सक्नेछन् । स्वास्थ्यसम्बन्धी समस्याले सताउला । मनमा चञ्चलता उत्पन्न हुनेछ । मनोरञ्जनपूर्ण छोटो यात्रामा सरिक भइएला । मानसिक समस्या बढ्न सक्छ ।

तुला राशिः मित्रहरूको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । वैदेशिक रोजगारीमा जान चाहनेका लागि फलदायी छ । कला क्षेत्रमा लगानी बढ्नेछ । आफन्तको सहयोगबाट भएका कार्यले राम्रो प्रतिफल देलान् । शारीरिक सौन्दर्य वृद्धि हुनेछ । पारिवारिक सद्भाव कायम रहनेछ, परस्परमा सहयोगको भाव विकास हुनेछ । सामाजिक कार्यमा अपजशको सामना गर्नुपर्ला ।

वृश्चिक राशिः साहित्य, संगीत र कलामा विशेष रुचि बढ्ने देखिन्छ । वैदेशिक रोजगारीको अवसर मिल्नेछ । मनोरञ्जनपूर्ण यात्राले मन प्रसन्न रहला । साथीभाइको सहयोग प्रशस्त पाइनेछ । खेल तथा मनोरञ्जनमा रुचि बढ्ला । अध्ययन–अध्यापनमा सामान्य प्रगति हुनेछ । कूटनीतिक कार्यमा प्रशस्त जोखिमको सामना गर्नुपर्ला । राजनीतिकर्मीका लागि साता राम्रो छैन ।

धनु राशिः आफन्तको प्रशस्त सहयोग पाइनेछ । सवारी साधन किनबेचको योग देखिन्छ । ढा ड र कम्मरको समस्या देखिन सक्छ । खर्चमा वृद्धि हुने देखिन्छ । पारिवारिक जिम्मेवारी बढ्नेछ । जडीबुटी तथा औ ष धि जन्य व्यवसायबाट राम्रो लाभ प्राप्त हुनेछ । गरगहना र विलासिताका सामग्री किनबेच गरिएला । संगीतकर्मीका लागि साता अत्यन्त राम्रो छ ।

मकर राशिः स्वास्थ्यमा सुधार आउने देखिन्छ । आफन्तसँगको सम्बन्धमा आंशिक सुधार हुनेछ । यात्रा गर्दा सावधान रहनुहोला । राजनीतिक अन्योल बढ्नेछ । कूटनीतिक प्रयासले महत्वपूर्ण काम बन्नेछ । सामाजिक काममा अपजश बेहोर्नुपर्ला । बोलीको प्रभाव रहनेछ । रोजगारीको नयाँ अवसर प्राप्त हुनेछ । मांगलिक कार्यमा सरिक भइएला ।

कुम्भ राशिः विलासिताका सामान खरिदबिक्री गरिनेछ । सूचनाको आदानप्रदानबाट महत्वपूर्ण काम बन्नेछ । अचल सम्पत्तिको हानि–नोक्सानी हुनेछ । टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्ल हुनेछ । शैक्षिक क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ । आफन्तजनको सहयोगले काम थालिनेछ । कूटनीतिक कार्यमा उल्झनको सामना गर्नुपर्ने देखिन्छ । कीर्ति बढ्ने देखिन्छ ।

मीन राशिः सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । अनपेक्षित धन प्राप्त होला । स्वास्थ्यमा समस्या उत्पन्न होला । पेटको समस्या देखिने भएकाले खानपानमा ध्यान दिनु जरुरी देखिन्छ । सामाजिक कार्यमा सहभागी भइएला । परिवारभित्र क ल ह बढ्न सक्छ । राजनीतिकर्मीलाई दायित्व बढ्ने देखिन्छ । जागिरमा अनावश्यक वादविवाद उत्पन्न हुनेछ । आलस्यले सताउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता