Logo

यस्तो छ तपाईको सनिवारको भाग्य, पाथिभारा माताको दर्शन गरी फागुन ८ गतेको राशीफल हेर्नुहोस्



मेषःउपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला ।

अरूको भर पर्दा उपलब्धि गुम्न सक्छ, सजग रहनुहोला । पठनपाठनमा समय दिन नसकिएला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् ।
ः सन्तानले प्रसन्नता दिलाउनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ ।

आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

मिथुनःमेहनतले सम्मानित स्थान समेत दिलाउनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।

अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछपहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।

कर्कटःमहत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।

मातृधन, पशुधन र जमिनबाट लाभ हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । अरूको भर पर्दा धो का हुन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला ।

सिंहः व्यापारमा पनि राम्रै फाइदा हुनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ ।

भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

कन्या ःप्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला ।

वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ।काममा स्थानान्तरण अथवा टाढाको यात्रा हुने सम्भावना छ। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ ।

तुलाःपहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुनेछ ।

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिकःउछिन्दै आम्दानी बढाउन सकिनेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती आइलाग्न सक्छन् ।

सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । तापनि मनग्य धन आर्जन गर्ने अवसर जुट्नेछ । विभिन्न उपहार प्राप्त हुने समय छ ।

धनुःपरिवारजनको साथले उत्साहित भइनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । प्रेम वा मित्रताको बन्धन कसिने समय छ ।

भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।

मकरःशत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला।काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । तापनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

कुम्भःकृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । श्रमको उचित मूल्यांकन होला ।

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मीनः रोकिएका काम समेत सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् ।कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ ।

नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन गर्ने समय छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता