Logo

पाथिभरा माताको दर्शन गरि माघ १९ गते सोमबारको राशिफल हेर्नुहोस्



मेषःअधुरा कार्यहरु सुचारुगर्न समयले बिशेष साथ दिनेछ । पुराना लगानि उठाउन उत्तम समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देशबिदेशको यात्राको सम्भाबना रहेकोछ । भोगबिलासिताका साधनहरुमा सामान्य खर्चको सम्भाबना रहेकोछ । अध्यन अध्यापन मध्यम रहला ।

बृषःगरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । अध्यन अध्यनमा समय मध्यम रहेता पनि मनोरञ्जनका क्षेत्रमा अधिक समय ब्यतित रहनेछ । आटँ शाहसको कमि भएको महसुस रहनेछ । आम्दानिको तुलनामा अधिक खर्चहुनाले मनमा सामान्य तनाबको सामना गर्नुपर्नेछ ।

मिथुनःआफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा बिशेष जिम्बेवारी बहन गर्नु पर्ने समय रहेकोछ । भुमी तथा वाहनका क्षेत्रमा सामान्य खर्चको गर्नु पर्ने समय रहेकोछ । सामाजीक कार्यको क्षेत्रमा अग्रसर रहने समय रहेकोछ ।

कर्कटःबल तथा पराक्रमका क्षेत्रबाट जटिल कार्यहरु सम्पादित रहनेछन । इष्टमित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । मनोरञ्जन मुलक यात्राको योग रहेकोछ । अरुद्वारा सम्पादित कार्यको श्रेय तपाईलाइ सहजै प्राप्त हुनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहनेछ ।

सिंहःबोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्याःपारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुलाःखर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिकःबोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनुःकार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकरःमनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भःस्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिनः मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता