Logo

पाथिभरा माताको दर्शन गरि माघ १२ गते सोमवारको राशिफल हेर्नुहोस्



मेषः रमाईलो यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शेयर बाजारबाट राम्रो सफलता मिल्ला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

वृषःकार्य सम्पादनमा सहजता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ ।

मिथुनः भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । सामान हराउने वा चोरी हुने सम्भावना पनि रहेको छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । साताको मध्यबाट रोकिएका काममा पुनस् प्रयत्न गर्दा सफलता हात लाग्नेछ ।

कर्कटः लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

सिंहः कीर्तिमानी काम गर्ने समय छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कन्याःयो साताबाट नयाँ कमको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।

तुलाः शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । बुधवारबाट घरमा अतिथीको आगमन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।

वृश्चिकः सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । रमाइलो यात्राको योग रहेको छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको अन्त्यमा अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

धनुः रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।

मकरः जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सवारी साधन खरिद गर्ने योजना बन्नेछ । प्रेममा मधुरता समेत छाउनेछ ।

कुम्भ ःयो साता कार्यसिद्धि हुने अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ । गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध प्रागड समेत हुने समय छ ।

मीन ःयो सातामा नयाँ पद र जिम्मेवारी पाइएला । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ़नतले सहयोग गर्नेछन् । मध्य सातामा आफ्नो कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता