Logo

प्रधानमन्त्री ओलीसँग विप्लव असन्तुष्ट, भेटेरै यसरी पोखे गुनासो



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्री ओलीलाई भेटेर विप्लवले यसअघि सरकारसँग भएको सहमति कार्यान्वयनमा जोड दिएका छन् । स्रोतकाअनुसार भेटमा उनले प्रधानमन्त्रीसँग यसअघि भएको सहमतिअनुसार आफ्ना नेता तथा कार्यकर्ताहरु रिहाइ नभएको गुनासो पोखेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सबै प्रक्रिया मिलाएर बन्दी रिहाई गरिने विश्वास दिलाएका थिए । उक्त भेटमा गृहमन्त्री रामबहादुर थापा बादल र नेता खड्ग प्रसाद विश्वकर्मा पनि स हभागी थिए । यसअघि विप्लवले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरिसकेका थिए ।

अर्को समाचार

बैशाख । सभामुख अग्निप्रसाद सापकोटाले जनताको पक्षमा काम गर्दा आईपर्ने कुरा व्यहोर्न आफू तयार रहेको स्पष्ट पारेका छन् ।

आइतबार नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख सापकोटाले पछिल्लो समय संसदलाई घेराबन्दी गर्ने प्रयास भएको टिप्पणी गर्दै त्यस्तो घेराबन्दीलाई असफल पार्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता