Logo

डा। केसीले दिए ओलीलाई ‘श्री ७ महाराज’ को संज्ञा



काठमाडौँ । चिकित्सक क्षेत्र सुधारका अभियन्ता डा। गोविन्द केसीले संसद विघटन गरेर सरकारले निरंकुश काम गरेको आुरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा नागरिक अगुवाहरुले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन पुगेका डा केसीले जनताको संघर्षबाट ल्याएको संविधानको रक्षा गर्नु मतदाताको कर्तव्य भएको बताए ।

उनले संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ’श्री ७’ महाराजको जस्तो भएको टिप्पणी गरे ।

डा केसीले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभई संविधान सर्वोपरी भएकाले त्यसको पालना नभए जनता सडकमा आउनुपर्ने जिकिर गरे । संसद् विघटनको मुद्दा सर्वोच्चमा रहेको र त्यहाँबाट ओलीको कदमलाई रोक्ने आशन रहेको डा। केसीले बताए ।

कार्यक्रममा नागरिक अगुवाहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै नागरिक सचेत हुनुपर्ने बेला आएको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता