Logo

के डेल्टा प्लस भेरिअन्टले भारतमा खतरनाक तेस्रो लहर निम्त्याउछ रु विज्ञहरूले दिए यस्तो चेतावनी



 

कोभिड(१९ को दोस्रो लहरले एप्रिल र मे महिनामा ल्याएको प्रकोपपछि भारत बिस्तारै खुला हुन थालेको छ। तर विज्ञहरूले तेस्रो लहर अबको केही महिनामा आउने चेतावनी दिएका छन्। अदालतहरूले राज्य सरकारहरूलाई तयारीका बारेमा प्रश्न गरेका छन् भने विज्ञहरूले अबको १२ देखि १६ हप्तामा तेस्रो लहर आउना सक्ने बताएका छन्।

अन्य थुप्रैलाई भने डेल्टा प्लस भनिएको नयाँ भेरिअन्टले अहिलेको खोपलाई कमजोर तुल्याउने चिन्ता छ। डेल्टा प्लस नेपालमा पनि भेटिएको ए वाई १ भेरिअन्ट हो। भारतमा गत वर्ष पहिलो पटक भेटिएको डेल्टा भेरिअन्ट अहिलेको घातक दोस्रो लहरका लागि जिम्मेवार मानिन्छ।।८८अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला८८

तर नयाँ लहरको चिन्ता कत्तिको जायज होरु प्रकोपको लहरहरू आउनु स्वाभाविक भए पनि त्यसको खतरा र फैलावट भने धेरै कारणमा आधारित हुन्छ। तेस्रो लहरमा अहिलेको जस्तै विकराल परिस्थिति उत्पन्न हुने सम्भावना नरहे पनि सतर्कता परे अपनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन्। अक्टोबारसम्म कोभिड १९ वि रु द्ध भारतमा खोप अभियानले पाउने तीव्रताले पनि आउने लहरको अवस्थालाई सामान्य बनाउन सक्ने बताइएको छ

।सर्वेक्षणका अनुसार विज्ञहरुले भारतमा अक्टोबर देखि अर्को वर्षको फेब्रुअरीसम्म नयाँ लहरले प्रभाव पार्न सक्ने बताएका हुन्। ‘तेस्रो लहर नियन्त्रणमै रहन्छ। भ्याक्सिनेसन तीव्र गतिमा हुने भएकोले केसहरु पनि पहिलाभन्दा कम हुनेछन्। दोस्रो लहरको प्राकृतिक इम्युनिटीले पनि अवस्थालाई सामान्य रहन दिन सहयोग गर्नेछ,’ अल इन्डिया इन्स्टिट्युट अफ इन्डियाका निर्देशक रन्दीप गुलेरियाले भने।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता