Logo

कोरोनाको कहरमा तनहुँमा बिहेको भोज खान गएका ३५ जना बिरामी देखियो यस्ता लक्षण



तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ ।

शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिए । चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीहरुलाई स्लाइन चढाएर उपचार भइरहेको उनले बताउनुभयो ।

यसरी बिरामी भएर गम्भीर रहेका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको उनले जानकारी दिए । नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको बताए । रासस

अर्को समाचार
पल शाह अहिलेका चर्चित नायक हुन् । म्युजिक भिडियोदेखी सिनेमामा समेत सक्रिय पल अहिले महंगो पारिश्रमिक लिने नायक मध्येमा पर्छन् ।

अहिले युवा पुस्ताका दर्शकको मनमा बस्न सफल आर्थिक रुपमा समेत सम्पन्न पल शाहलाई कुनै बेला कोठा भाडा तिर्न समेत धौ धौ थियो भन्दा कतिलाई आश्चर्य लाग्न सक्छ । आश्चर्य नमान्नुस् कुनै बेला कोठा भाडा तिर्न नसकेर डेराबाट निकालिएका थिए ।

दाङका स्थानिय वासिन्दा उनको वास्तविक नाम पूर्ण विक्रम शाह हो । उनी सानो छँदा उनको घरमा टेलिभिजन थिएन । उनी टिभी हेर्नका लागि छिमेकीको घरमा जान्थे । फिल्म क्षेत्रमा आएपछि पूर्णविक्रमवाट पल बनेका उनी १६ वर्षको उमेरमा एसएलसी पास गरेपछि थप अध्ययनका लागि काठमाडौं आएका थिए ।

उनको बुवाको चाहना थियो छोराले सैनिकको जागीर खाओस् । तर उनले बुवाको पुरा गरेनन् । फिल्म एडिटर बन्नका लागि केही समय उनले मिडिया प्लसमा जागरि समेत खाए । जतिवेला उनको तलब थियो मासिक २५ सय रुपैंया । सोही समय हो उनले समयमा कोठाभाडा नतिरेकै कारण डेराबाट निकालिएका थिए ।

कतिपयले भन्ने गर्छन् अनामनगर, पुरानोबानेश्वर, पुतलीसडक, वागवजारलगायतका केही होटलमा उनले उधारो खाजा खाएको पैसा तिर्न बाँकी छ । राजधानी दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता