Logo

उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ। मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिए।

अहिले देखिएको कोरोनाभाइरसको नयाँ भे’रियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रे’क गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

१८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन नहुने उनले बताए । स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले भने, ‘उपत्यकाका मात्र ७र८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ ।’

‘काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहित १५ वटा ठूला सहर छन्। यहाँकोरोना फैलन सक्ने भएकोले कम गर्न खोजेको हो। अहिलेको नयाँ कोरोना एकदम सं’क्रमणशील छ। त्यसैले एकैचोटी धेरै मानिस बिरामी भएर अस्पताल आए भने उपचार गर्न सकिँदैन,’ उनले भने।

पछिल्लोसमय कोरोनाको नयाँ भे’रियन्ट्स फैलिएको र यसबाट बालबालिकासमेत उच्च जोखिममा रहेको पाइएपछि मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको हो।

नयाँ भे’रियन्ट्स एकदम छिटो सर्ने र १८ वर्षमुनिका बालबालिकामा पनि सजिलै सर्ने हुँदा विद्यालय क्षेत्र बढी जोखिममा परेको हो।

अर्काे समाचार पनि छ है

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने लगायतको सक्रियतामा कालिकोट जिल्लामा बनेको रास्कोट सामुदायिक अस्पताल सञ्चालनमा आएको छ । रास्कोट नगरपालिकामा आजदेखि सञ्चालनमा आएको सो अस्पतालको उद्घाटनका लागि लामिछाने कालीकोट पुगेका छन् ।

१५ शैया रहने सो अस्पतालमा एमबिबिएस चिकित्सकले सेवा दिने बताइएको छ । अस्पतालमा आकस्मिक सेवाका लागि ५ शैया राखिएको छ । देश विदेशमा रहेका नेपालीहरुको तर्फबाट उठेको सहयोग ६ करोड २२ लाख रुपैयाँमा अस्पताल भवन बनेको हो

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता