Logo

कोरोना बढेपछि काठमाडौंका लागि भयो यस्तो निर्णय, सोमवार देखि नै लागू (निर्णय सहित)



काठमाडौं । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिकोले पछिल्लो समय कोरोना बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

एन्टिेजन टेष्ट गर्दा नतिजा नेगेटिभ आए र व्यक्तिमा लक्षण देखिएमा तीन व्यक्तिहरुलाई पिसिआर परीक्षण गर्न पठाउने पनि निर्णय भएको छ । त्यस्तै, यसअघि अस्तित्वमा रहेका आईसोलेशन र क्वारेन्टिन सेन्टरलाई अद्यावधिक राख्ने पनि निर्णय भएको छ ।

पछिल्लो २४ घन्टामा थप २६६ जनामा कोरोना पुष्टि भएको छ। ४५ सय३६ नमूनाको पीसीआर परीक्षणमा २६६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता