Logo

भारतीय सेनाद्वारा कोरोना खोप हस्तान्तरण



काठमाडौँ । भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहारस्वरुप हस्तान्तरण गरेको छ ।

गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरेपश्चात् फेरि पनि भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपहारस्वरुप हस्तान्तरण गरेको दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’ नीतिअनुरुप भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुँडिखेलस्थित नेपाली सेनाको

मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहकाबीच भिडियो कन्फरेन्समार्फत सो खोप हस्तान्तरण गरेको जनाइएको छ ।

भारतको पुणे स्थित सिरम इन्स्टिच्युटबाट एयर इण्डिया विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको सो खोप नेपालका लागि भारतका राजदूत विनयमोहन कात्राले नेपाली सेनालाई हस्तान्तरण गरे ।साभार रातो पाटि

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता