Logo

चीनमा १० करोड व्यक्तिलाई कोरोना खोप दिइयो



एजेन्सी । चीनमा आइतबारसम्म कोरोनाको खोप  लगाउनेको सङ्ख्या १० करोडभन्दा माथि पुगेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराइएको हो ।

राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्कअनुसार अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँहरूले खोप लगाएका छन् । चीनले मार्च २४ पछि दैनिक कोरोनाको खोप सेवा अभियान थालेपछि दैनिक ३० लाख मात्रा खोप उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता