Logo

आजवाट नेपालमा पनि कोरोना विरुद्धको खोप



काठमाडौ । आजवाट नेपालमा पनि कोरोना विरुद्धको खोप आउने भएको छ । भारत सरकारले नेपाललाई यही बुधबार (आज) बाट कोभिड विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेपछि त्यो सम्भव भएको हो ।

भारतले आफ्नो देशमा उत्पादन भएको खोप नेपाल सहित भुटान, बंगलादेश, माल्दिभ्स, सेसल्स र म्यानमारलाई उपलब्ध गराउने भारतीय विदेश मन्त्रालयले जनाएको हो ।

कति मात्रामा खोप उपलब्ध गराउने बारे जानकारी भने आएको छैन । भारतीय मिडियाका अनुसार भारतका अन्य केही छिमेकी देशहरुलाई पनि सम्बन्धित देशले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने बताइएको छ ।

भारतले अनुदानको रुपमा उक्त खोप उपलब्ध गराउन लागेको हो । भारतले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिसकेको छ । अग्रमोर्चामा खटिने कामदार सहित जोखिममा रहेका नागरिकहरुलाई यही सातादेखि खोप लगाउन सुरु गरेको हो ।

नेपालले भने यसअघि नै ६० लाख मानिसका लागि कोभिशिल्ड खोप भारतबाट खरिद गर्ने इच्छा देखाएको थियो । भारतमा खोप लगाउन सुरु भए पनि दोस्रो स्वरुपको कोरोनाको संक्रमण सुरु भएसँगै थप चुनौती पनि थपिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता