Logo

भारतमा कोरोनाको खोप सुरु गरेकै दिन ४४७ लाई ‘साइडइफेक्ट’, ३ जना अस्पताल भर्ना



एजेन्सी । भारतमा आइतवारवाट सर्वसाधारणले कोरोना विरुद्धको खोप लगाउन सुरु गरेका छन् । तर खोपको नकारात्मक असर पनि देखिन थालेको छ । कोरोना खोप लगाउँदा ‘साइडइफेक्ट’ देखिनेको संख्या ४४७ पुगेको भारतीय मिडियाले जनाएका छन् । जस मध्य ३ जना अस्पताल भर्ना भएका छन् ।

भारतमा कोरोनाविरुद्ध खोप लगाउँदा ‘साइडइफेक्ट’ ९प्रतिकूल प्रभाव० देखिनेको संख्या ४४७ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

केन्द्रीय स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले आइतबार खोपका कारण ‘साइडइफेक्ट’ देखिने बिरामीको समस्या सामान्य रहेको दाबी गरेका छन्।

बिरामीमध्ये ३ जनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको उनको भनाइ छ। उनका अनुसार उनीहरूमध्ये पनि २ जना डिस्चार्ज भइसकेको र तेस्रा बिरामीको अवस्था पनि अहिले सुधार भइसकेको छ। डा अगनानीका अनुसार ‘साइडइफेक्ट’ देखिएका बिरामीमा हल्का ज्वरो, टाउको दुख्ने र वाकवाकी लाग्नेजस्ता लक्षण छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन शनिबार खोप लगाएकाहरूमा साइडइफेक्ट देखिन थालेका हुन्। त्यस दिन २ लाख जनाले खोप लगाएका थिए। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता