Logo

अन्जु र थिरलाई बधाई ! यसरी भयो गायिका अन्जु पन्तको विवाह



काठमाडौ । गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले प्रेमी थिर कोइरालासंग दोस्रो विवाह गरेकी हुन् । थिरको पनि यो दोस्रो विवाह हो । अन्जु र थिरले एक बर्षदेखि प्रेमलाई विवाहमा परिणत गरेका हुन् । प्रेमको बारेमा केही दिन अघि मात्र सार्वजनिक गरेका उनीहरुले बिहेको मिति बारे भने बताएका थिएनन् ।

केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् । उनीहरुले विवाह छिटै हुने कुरा भने बताएका थिए ।

अन्जु र थिरले चर्चमा बिहे गरेको सार्वजनिक भएका तस्बिरवाट बुझ्न सकिन्छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । विवाहमा सिमित आफन्त मात्र बोलाइएको र विवाहलाई गोप्य राख्ने प्रयास गरिएको थियो । थिरले पाटनको चर्चमा विवाह गरेको स्वीकार गरेका छन् ।

कोरोना जोखिका कारण सिमित ब्यक्तिका बिच विवाह गरेको उनीहरुको भनाई छ । दुबै जनाको परिवारको उपस्थितीमा मात्रै बिहे गरेका हौं । कलाकारहरुले भब्य रुपमा विवाह गर्दै आएको बेलामा अन्जु र थिरले भने सामान्य रुपमा विवाह गरेको बताइएको छ ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । उनीहरुको एक छोरी परितोशिका पनि छन् । आमाछोरी सँग बस्दै आएका थिए । छोरीले नै आफुलाई विवाह गर्न दवाव दिएको अन्जुलेब बताउँदै आएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता