Logo

धरौटीमा रिहा भइन् बलिउड अभिनेत्री रिया चक्रवर्ती



मुम्बई, २१ असोज । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्मे हाइकोर्टले धरौटीमा छाडेको छ । अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा जोडिएकी चक्रवर्तीलाई यसअघि प्रहरीले लागुऔषध प्रयोग र कारोबारसँग सम्बन्धित भएको आरोपमा पक्राउ गरेको थियो ।

बुधबार उनलाई बम्मे हाइकोर्टले धरौटीमा छाड्न आदेश दिएको हो। उनीसँगै प्रहरी हिरासतमा रहेका भाइ शौविकलाई पनि धरौटीमा छाड्न दर्ता भएको निवेदनलाई भने अदालतले खारेज गरिदिएको छ ।

लागुऔषध कारोबार र प्रयोग आरोपमा पक्राउ परेका स्यामुल मिरान्डा र दीपेश सावन्तलाई पनि अदालतले धरौटीमा रिहा गरिदिएको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । अर्का निवेदक अब्दुल बासितको निवेदन भने खारेज गरिदिएको छ ।

अघिल्लो महिना नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले लागुऔषधसम्बन्धी विषयमा जाँचबुझ गर्न उनीहरुलाई नियन्त्रणमा लिएको थियो । एनसिबीले अदालतमा पेस गरेको जाहेरीमा रिया चक्रवर्ती र उनको भाइ शौविक लागुऔषध कारोबारीसँग सम्बन्धित सक्रिय समूहमा आबद्ध रहेको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता