Logo

कोरोनाको खोपको दोस्रो डोज ः कसले कुन मितिमा लगाउन पाउँछन् हेर्नुहोस् यस्तो छ नियम



काठमाडौं । कोरोनाको खोपको पहिलो मात्रा लगाइसकेका नागरिकले दोस्रो मात्रा २०७८ वैशाख ७ देखि ११ गतेसम्म लगाउन पाउने भएका छन् ।

नेपालमा भारत सरकारको सहयोगमा २०७७ माघ ८ गते पहिलोपटक १० लाख डोज खोप भित्रिएसँगै माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो मात्रा लगाइएको थियो। खोपको पहिलो मात्रा लगाएको मितिअनुसार दोस्रो मात्राका लागि मिति तोकिएको छ ।

गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकालाई दोस्रो मात्राको खोप लगाउने मिति वैशाख ७ गते तोकिएको छ । त्यसै गरी, माघ १८, १९, २०, २१ र २७ मा पहिलो खोप लगाउनेले वैशाख ८ गते, माघ २२, २३, २४, २८ र फागुन २ गते लगाएकाले वैशाख ९ गते दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् ।

माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाउनेको पालो वैशाख १० मा राखिएको छ । माघ ३० र फागुन ७, ८, ९ र १० मा पहिलो मात्रा खोप लगाएकाहरूले वैशाख ११ गते दोस्रो मात्रा पाउनेछन्। कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
अर्को पनि छ है

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिर्गमित पूर्वलडाकुसहित जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार र घाइते तथा अंगभंग भएका करिब साढे तीन सयलाई बुधबार सरकारका तर्फबाट ‘लोकतन्त्रका योद्धा’ का रूपमा सम्मान गर्ने भएका छन् ।

 

प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले दोसल्ला ओढाएर उनीहरूलाई प्रमाणपत्र दिन लागेका हुन् । काठमाडौं उपत्यकाबाहिरको हकमा प्रमुख जिल्ला अधिकारीले सम्मान गर्ने कार्यक्रम छ । यो सम्मानबाट ९ हजार जतिलाई समेट्ने र पहिलो चरणमा संख्या संकलन भएकालाई प्रदान गरिने गृहले जनाएको छ ।

जनआन्दोलन २०६२र६३ मा घाइते मुकेश कायस्थलाई काभ्रे प्रशासनले दोसल्ला र प्रमाणपत्र प्रदान गर्नेछ । त्यसको लाइभ भिडियोबाट प्रधानमन्त्री ओलीले लोकतन्त्रका योद्धाका रूपमा सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

उपत्यकामा रहेका बहिगर्मित पूर्वलडाकुसहित जनआन्दोलन २०४६ र २०६२र६३, मधेस आन्दोलन र माओवादी सशस्त्र ज्यान गुमाएकाको परिवार र घाइतेलाई प्रधानमन्त्री ओलीले सम्मान गर्ने

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता