यिनै तामाङ हुन् जसले धामी बस्दा श्रीमती र छोरीको ह’ त्या गरे: अरु २ छोरी र आमाबुवा पनि थिए पालोमा, यसरी समात्यो प्रहरीले

इलाममा एउटा अनौठो घटना भएको छ । घटनामा आमा छोरीको मृत्यु भएको छ भने अन्य २ छोरी र बुवाआमा भने भाग्यले जोगिएको छ । करिब ८ दिन देखि धामी बस्ने भन्दै पुजा कोठामा बसेका पूर्णचन्द्र तामाङ (कमल) ले गरेको उपचारले आमा छोरीको मृत्यु भएको छ । झाँक्री श्रीमानले जोखाना हेर्ने क्रममा श्रीमती र छोरीलाई यसरी टो के दुवै जनाको मृत्यु भयो ।
सोमबार राति देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पूर्णचन्द्र तामाङ (कमल)ले आफ्नी ३५ वर्षीया श्रीमती सीता र १६ वर्षीया छोरी दीक्षा तामाङको मृत्यु हुने गरी घटना गराएका हुन् । ८ दिन देखि पुजा कोठामा बसेका उनले पालै पालो परिवारका सदस्यलाई पुजा कोठामा लैजादै झारफुक गर्ने योजना बनाएका थिए । आमा र छोरीको मृत्यु पछि पनि अन्य २ छोरी र बुवा आमा पनि पुजा कोठामा जाने लाइनमा थिए ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार आमा छोरीको श रि’रमा टो के को दाग देखिएको छ । श्रेष्ठका अनुसार तामाङ सात(आठ दिनदेखि पूजा कोठामा धामी बस्दै आएका थिए।
त्यसक्रममा सोमबार राति आमाछोरीको उपचार गर्ने भन्दै धामी बसे। सुरूमा उनले आमालाई पूजा कोठामा एक्लै लगेका थिए। सीताको पेटमा टो के को देखिएको श्रेष्ठले बताए। श्रेष्ठका अनुसार सीता बे हो स भएपछि १६ वर्षीया छोरीलाई पूजा कोठामा लगेका थिए । छोरीको पनि त्यसरी नै मृत्यु भयो । ‘रा ति भर धामी बसेर उज्यालो हुँदा श्रीमती र छोरीको मृत्यु भएको थाहा पाएपछि उनी भा गे का थिए । प्रहरीले उनलाई चारैतिरबाट छेकेर पक्राउ गरेको हो ।