मामाघरवाट दसैंको टिका लगाएर फर्केकी सबिता घर पुग्नै पाइनन्

काठमाडौ । सिन्धुलीको फिक्कल गाउँपालिका(५ मा बाढीले बगाउँदा एक जना किशोरीको मृ त्यु भएको छ । फिक्कल गाउँपालिका(४ खाङसाङ निवासि गनबहादुर भुजेलकी २२ वर्षीया छोरी सबिता भुजेलको मृ त्यु भएको हो ।
फिक्कल गाउँपालिका(५ जाङजाङस्थित मामा घरबाट टीका लगाइ खाङसाङ आफ्नो घर फर्कने क्रममा चाल्ने खोलामा आएको बाढीले बगाउँदा भुजेलको मृ त्यु भएको हो ।
उनलाई सोमबार साँझ खोलाले बगाएको थियो । केही दिनदेखि परेको वर्षाका कारण आएको बाढीले बगाएको भुजेलको श व करिब डेढ किलोमिटर तलबाट स्थानीयले निकालेका थिए ।
यो अर्को समाचार, कात्तिक महिना लागिसक्दा पनि नेपालका अधिकांस क्षेत्रमा भारी वर्षा भइरहेको छ । यसवर्ष विगतका वर्षमा भन्दा लामो समयसम्म वर्षा कायमै रहेकाले जनजीवन प्रभावित भएको छ ।
मंगलबार सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ भने देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ । तीनजना बढीको मृत्यु भइसकेको छ अझै वर्षा रोकिएको छैन । कर्णाली, महाकाली, नारायणी, गण्डकीलगायतका नदी उर्लिएका छन् । मौसमविदले यस वर्षको मनसुन राम्रो भएसँगै वर्षा भइरहेको बताइरहेका छन् ।
यसबाहेक लुम्बिनी प्रदेश, वाग्मती प्रदेशलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । मेघ गर्जन हुने, हावाहुरी चल्ने, बाढी पहिरो जाने भइरहेको छ । विभागले उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात र देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।