ताजा समाचार

दशैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

काठमाण्डाै – आश्विन शुक्ल सप्तमीका दिन शुक्रबार अपराह्न पूजाकोठा एवं दशैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीमा मनाइने फूलपाती पर्व शुक्रबार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँ घर अथवा पूजाकोठामा शुभ साइतको […]

ताजा समाचार

कोरोना कहर : भक्तपुरमा पहिलोपटक रोकियो तुलजा यात्रा, बलिको सट्टा नरिवल चढाइयो

भक्तपुर : कोरोना भाइरस संक्रमणको कारण भक्तपुरको तलेजु आगमछेंमा पहिलोपटक तुलजा यात्रा रोकिएको छ । भक्तपुर तलेजुको मूलचोकका दक्षिणस्थित मूल देवघरमा रहेकी तलेजु भवानीलाई पश्चिमस्थित कुमारी चोकको दसैंघरमा यात्रा गराउनु तुलजा यात्रा हो । तुलजा यात्रा प्रत्येक वर्ष विजया दशमीको सप्तमी एवं फूलपातीको दिन हुँदै आएको छ ।   यसरी सप्तमीमा तुलजा यात्रा गरी दसैंघरमा […]

ताजा समाचार

प्रधानमन्त्रीको सम्बोधन अपराह्न ४:२५ मा

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार अपराह्न देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले अपराह्न ४:२५ बजे प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्ने जानकारी दिएका छन् ।   प्रधानमन्त्रीको सम्बोधनमार्फत दशैंलगायत चाडबाडको समयमा कोरोना संक्रमण फैलिन नदिन अपिल गरिने बालुवाटार स्रोतले जानकारी दियो ।

ताजा समाचार

कोरोना संक्रमण पुष्टि भएका बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

कोरोना संक्रमण पुष्टि भपछि होम आइसोलेसनमा बसेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ। बिहीबार मुख्यमन्त्री पौडेलसँगै उनकी श्रीमती, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत संक्रमण पुष्टि भएको थियो। मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो। उनलाई गंगालाल […]

ताजा समाचार

सपथ ग्रहण समाहरोहमा भएको झडपमा घाइते भएका नेकपाका गाउँपालिका सचिवको मृत्यु, तीन पक्राउ

सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नकेपा) विन्दवासनी गाउँपालिकाको शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका नेकपा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको छ । बिहीबार अपराह्न १ बजे भएको दुईपक्षीय झडपमा गम्भीर घाइते बनेका गाउँपालिका सचिव चौरसियाको उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । उनको वीरगन्जकै एलएस न्युरो अस्पतालमा उपचारको क्रममा […]

Uncategorized

जाँदाजाँदै बहराइनका राजकुमारले भने : नेपालमै बसौँ–बसौँ लागेको छ

बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलीफाको टोली मनास्लु र लोबुचे हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएको छ। राजकुमार खलीफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाई गरेका हुन्। सो अवसरमा राजकुमार खलीफाले हिमाल नै थाहा नपाएको आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यताबाट ज्यादै रोमान्चित भएको र नेपालमा […]

ताजा समाचार

चाडपार्वमा नक्कली नोट कारोबारी बढी सक्रिय हुन्छन, यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट

काठमाडौं: प्रहरीले नक्कली नोटको कारोबार गरेको अभियोगमा बिहिवार एक जनलाई पक्राउ गरि सार्वजनिक गर्‍यो। चितवनको इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले मकवानपुर राक्सीराङ् ८ बस्ने २६ बर्षीय जीतबहादुर लोप्चनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले एक हजार दरका ३ सय २१ थान नक्कली नोट समेत बरामद गरेको थियो। उनले नक्कली नोट खाजा पसल देखि अन्य ठाउँमा दिएको खुलेको […]

ताजा समाचार

प्रधानमन्त्रीकाे दशैँ शुभकामनामा लिम्पियाधुरा बिनाको नक्सा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रयोग गरेर दशैँकाे शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले प्रयोग गरेका नक्सामा लिम्पियाधुरा समेट्न नसकेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहानै ट्वीटरमार्फत बडा दशैंको शुभकामना दिए। ओलीले तस्विरसहित शुभकामना सन्देश सार्वजनिक भएपछि अहिले सामाजिक संजालमा ओलीको […]

ताजा समाचार

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ ?

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतबाट दसैंको शुभकामना सन्देश व्यक्त गरेका थिए । सन्देशमा प्रयोग गरिएको निशान छाप पुरानो रहेको भन्दै प्रश्न गरिएको छ- कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ […]

ताजा समाचार

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा : गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले शुक्रबार बिहान ९ :१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । […]