यस्तो रहने छ आज दिनभरको मौसम

असार – २९ , चितवन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ।

त्यसैगरी राती भने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाको अनुसार आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श स्( देशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश, प्रदेश ५का एकरदुई स्थानहरुमा भारी वर्षा ९ज्भबखथ च्बष्ल० को सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

यो पनि पढ्नुहोसस्( प्रदेश नं १ को प्रदेशसभाको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसायका’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि विषय समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले आज पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९१९१० ९ख० बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियताले सो प्रस्ताव सभामा पेश गर्नुभएको थियो । प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेवेले प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेश गर्नुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मौसम विज्ञान विभागले मौसम सम्बन्धमा दिएको सूचनाका आधारमा प्रदेश सरकार पूर्ण तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले असार २४ गतेदेखि परेको अविरल वर्षाबाट जनधनको क्षति हुन नदिन प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र नेपाल प्रहरीलाई सर्तक भएर बस्न निर्देशन दिइसकेको जानकारी दिँदै आज बिहान २ः०० बजे सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरो परेर पूर्णरुपमा क्षतिमा भएका नौ घरपरिवारलाई उद्धार तथा राहतका लागि सुरक्षा टोली परिचालन गरिसकेको जानकारी दिनुभयो ।

उहाँले घटनाका सम्बन्धमा थप सूचना सङ्कलन भइरहेको र एकजनाको उद्धारका क्रममा मृत्यु भई ११ जना बेपत्ता रहेका बताउनुभयो । मन्त्री कार्कीले सुनसरी, मोरङ, झापा, भोजपुर, ओखलढुङ्गालगायतका जिल्लाका बाढी र पहिराका कारण जोखिममा परेका विवरण प्रस्तुत गर्दै बाढी र पहिरामा परेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले उचित क्षतिपूर्ति दिने बताउनुभयो ।

उहाँले विपद् हाम्रो साझा समस्या भएकाले यसलाई समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने भन्दै सरकारको पूर्वतयारीकै कारण बाढीबाट तराई र पहाडका जिल्लामा क्षति कम भएको जानकारी दिनुभयो ।