पहिले मा*पसे, त्यसपछि न*सालु प*दार्थ खुवाएर सामूहिक ब*लात्कार

२१ असार, काठमाडौं । प्रहरीले सामूहिक ब*लात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्ट छन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीका अनुसार पीडितले खबर गरेलगत्तै शनिबार राति नै उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार महिला पसल सञ्चालन गर्छिन् ।

शनिबार सँगै बसेर मदिरा सेवन गरेपछि नसालु पदार्थ समेत दिएर दुई जनाले आफूमाथि करणी गरेको पीडित महिलाको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।